Pura Samachar

सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार

प्रकाशित: November 22, 2022
पूरा समाचार

सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं। सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घटेको हो।

दुई दिनमा सुन तोलामा नौ सय रुपैयाँ घटेको छ। मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ६ सय रुपैयाँले घट्दा प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा भने बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७४२.०८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २१.०६  डलर छ। सोमबार सुन प्रतिऔंस १७४६.१९ डलर र चाँदी २०.७६ डलर छ।

प्रतिक्रिया