
धनगढी– रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ। कैलाली क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। यस्तै, नेकपा एमालेका उम्मेदवार उम्मेदवार तथा पूर्वमन्त्री गौरीशंकर चौधरी ९ हजार ८७४ मत ल्याउँदै तेस्रो स्थानमा सीमित रहे। चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिरेन्द्र बहादुर बमले ७ हजार ४५ मत प्राप्त गरे। मंसिर ४ गते (आइतबार) भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो।
प्रतिक्रिया