Pura Samachar

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित

प्रकाशित: November 22, 2022
पूरा समाचार

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ। मत गणना नसकिँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि पौडेलको जित निश्चित भएको हो।

तीन हजार ७७९ मत गन्न बाँकी हुँदा पौडेलले चार हजार ६११ मतान्तर बनाएका छन्। हालसम्म २५ हजार ९८७ मतमध्ये ४२ हजार २०८ मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् ।  अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए।

प्रतिक्रिया