
काठमाडौं । भक्तपुर २ मा नेकपा एमालेका युवा नेता महेश बस्नेत झण्डै एक हजार मतले पछि परेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा ६० हजार मत गणना हुँदा बस्ननेत ९ सय ४५ मतले पछि परेका छन् ।
त्यहाँ शुरुदेखि नै नेपाली कांग्रेसका उमेदवार दुर्लभ थापाको अग्रता कायम छ । पछिल्लो परिणामानुसार उनले २२ हजार ८१ मत प्राप्त गरेका छन् ।
निवर्तमान सांसद समेत रहेका नेकपा एमालेका महेश बस्नेत २१ हजार १३६ मतसहित दोस्रो स्थानमा छन् । उनीहरूबीचको मतान्तर ९४५ छ ।
यहाँ कुल ६५ हजार ९१९ मत खसेको छ ।
प्रतिक्रिया