
सर्लाही — सर्लाही क्षेत्र-१ को प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीकी नेता बेची लुंगेली निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी लुंगेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गरेकी विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामाले ६ हजार ९ सय ७८ मत मात्र पाएकी छिन् । कुल ५८ हजार ४ सय ४८ मतदाता रहेको यहाँ ३८ हजार २७२ मत खसेको थियो । यहाँ नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका राजन श्रेष्ठले ५ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।
सोही प्रदेश सभाकी निवर्तमान प्रदेश सभा सदस्य रहेकी लुंगेलीसँगै एमालेबाट लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर लामा र लालबन्दी वडा नं. ८ का निवर्तमान वडाध्यक्ष श्रेष्ठसहित ११ जना उम्मेदवार मैदानमा थिए ।
प्रतिक्रिया