
काठमाडौं। यो साता सुनको मूल्य क्रमिक ओरालो लागिरहेको छ। बुधबार पुन: तोलामा ४ सय रुपैयाँले घटेको छ। बजार मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ सय रुपैयाँले घट्दै प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
गत साता सुनको मूल्य बढ्दै प्रतितोला ९८ हजारसम्म पुगेको थियो।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार कारोबार मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ।
मंगलबार १५ रुपैयाँ बढ्दा १२ सय ८० रुपैयाँ तोला भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १२३४.५५ डलर छ। चाँदी प्रतिऔंस २०.९५ डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतिऔंस १७४२.०८ डलर र चाँदी २१.०६ डलर थियो।
प्रतिक्रिया