Pura Samachar

कञ्चनपुर ३नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी

प्रकाशित: November 23, 2022
पूरा समाचार

कञ्चनपुर ३नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी

कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का निरुदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गरेका छन्।

त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताए। उनले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार पाँच सय ९९ मत बदर भएको जानकारी दिए।

प्रतिक्रिया