Pura Samachar

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित,विरोध खतिवडा पराजित

प्रकाशित: November 24, 2022
पूरा समाचार

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित,विरोध खतिवडा पराजित

काठमाडौं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन् । बर्तौलाले  आफ्ना राजनीतिक गुरु एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले हराउँदै चुनाव जितेका हुन् ।

कुल ८६ हजार ३०१ मत गणना गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए ।

बर्तौलाको राजनीति जीवन खतिवडा कै छत्र छायाँमा विकास भएको हो ।  खतिवडाले अहिलेसम्म चुनाव हारेका थिएनन, तर पार्टी फूटपछि आफ्नै चेलासँग उनी पराजित भए ।

प्रतिक्रिया