Pura Samachar

समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै, दोस्रोमा नेपाली कांग्रेस, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित: November 25, 2022
पूरा समाचार

समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै, दोस्रोमा  नेपाली कांग्रेस, तेस्रो स्थानमा  राष्ट्रिय स्वतन्त्र पार्टी

दोस्रोमा रहेको नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७२५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेस एमालेभन्दा ३६ हजार ४१७  मतले पछि छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख मत कटाएको छ । उसले चार लाख ३२ हजार ६५ मत पाएको छ ।

नेकपा (माओवादी केन्द्र) चार लाख ९६४ मत ल्याएर चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ३३ हजार ७ मत पाएको छ । जनता समाजवादी पार्टीले एकलाख १२ हजार ५४०, जनमत पार्टीले ६७ हजार १२२ मत प्राप्त गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार ८७९, नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ५५२ मत प्राप्त गरेको छ ।

नेपाल मजदुर किसान पार्टीले ५६ हजार १६५, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५१ हजार १९१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

अन्य पार्टीहरूको मत ३० हजारभन्दा कम छ ।

प्रतिक्रिया