Pura Samachar

सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके जंगलमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

प्रकाशित: November 25, 2022
पूरा समाचार

सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके जंगलमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

मलंगवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स९प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर गाउँपालिका–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया