Pura Samachar

मुख्यमंत्रीले बिहाङको शङाई महोत्सवमा भाग लिए

प्रकाशित: November 25, 2022
पूरा समाचार

मुख्यमंत्रीले बिहाङको शङाई महोत्सवमा भाग लिए

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले चुडाचांदपुर जिल्लाको बिहाङमा चली रहेको शङाई महोत्सवमा भाग लिएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्री बिरेनले आफ्नो कैबिनेटको साथमा भाग लिँदै भने कि राज्यको दोस्रो इम्फालको रूपमा मानिने चुडाचांदपुर हाम्रो मुटु हो ।
उनले अगाडि भने कि सबै समुदाय बीचमा समन्वय बनाउदै खुसियाली मनाउन भाग्यको कुरा हो ।
उनले अगाडि थपे कि जिल्लाको संपूर्ण विकासको लागि सरकारले पहल गरेको छ ।
स्मरण रहोस सरकारले यस पटक शङाई महोत्सव व्यापक रूपमा मनाएको छ ।जो अद्वितीय हो ।

प्रतिक्रिया