Pura Samachar

काभ्रेपलाञ्चोकको क्षेत्र नं २नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित

प्रकाशित: November 25, 2022
पूरा समाचार

काभ्रेपलाञ्चोकको क्षेत्र नं २नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया