१२ असाेज, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ७ का ५५ बर्षीय पुरुषको साेमबार दिउँसो १ः२० बजे मृत्यु भएको हो । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया