Pura Samachar

समानुपातिक तर्फ मतगणनाको पछिल्लो विवरण अनुसार कांग्रेसले २० लाख ५ हजार  १४१ मत पाएकाे छ ।  पहिलो स्थानमा रहेको एमालेले २०  लाख  ७८ हजार  ३९७  मत

प्रकाशित: November 26, 2022
पूरा समाचार

समानुपातिक तर्फ मतगणनाको पछिल्लो विवरण अनुसार कांग्रेसले २० लाख ५ हजार  १४१ मत पाएकाे छ ।  पहिलो स्थानमा रहेको एमालेले २०  लाख  ७८ हजार  ३९७  मत

काठमाडौं । नेपाली कांग्रेसले पनि समानुपातिक तर्फ २० लाख मत कटाएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार कांग्रेसले २० लाख ५ हजार  १४१ मत पाएकाे छ ।  पहिलो स्थानमा रहेको एमालेले २०  लाख  ७८ हजार  ३९७  मत पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ९७ हजार ८५५ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ९४ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ५६ हजार८२६, छैटौं स्थानमा रहेको जसपा नेपालले २ ४६ हजार ६२७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८९ हजार ८९६ हजार मत पाएको छ ।

आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक ७५ हजार ८२६, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ७४ हजार २३१ र दशौं स्थानमा रहेको लोकतान्त्रिक  समाजवादी पार्टीले एक लाख २ हजार ८१७ मत पाएको छ ।

प्रतिक्रिया