Pura Samachar

फ्रान्स डेनमार्कलाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा

प्रकाशित: November 27, 2022
पूरा समाचार

फ्रान्स  डेनमार्कलाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा

किलियान एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्स समूह ‘डी’मा डेनमार्कलाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुगेको छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स यसपाली पनि नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको हो।

समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालार्य ४–१ गोलको नतिजामा पराजित गरेको फ्रान्सले शनिबार डेनमार्कविरुद्ध कठिन जित निकाल्यो। पहिलो हाफमा डेनिस रक्षापंक्ति छिचोल्न नसकेको गर्न नसकेको फ्रान्सका लागि ६१औं मिनेटमा एम्बाप्पेले पहिलो गोल गरेका थिए।

 

त्यसको सात मिनेट नबित्दै क्रिस्टियन एरिकसनले गरेको गोलसँगै डेनमार्कले बराबरी गरेको थियो। तर, निर्धारित ९० मिनटको खेल सकिन चार मिनेट बाँकी रहँदा एम्बाप्पेले दोस्रो गोल गर्दै फ्रान्सको अन्तिम १६ यात्रा तय गरे।

एम्बाप्पेले ६१औं मिनेटमा गरेको गोलसँगै साविक विजेता फ्रान्सले अग्रता लिएको थियो।

फ्रान्सले समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग खेल्ने छ। यसै समूहबाट अर्को टिमको टुङ्गो भने तेस्रा खेलपछि मात्रै लाग्ने छ। शनिबार नै भएको खेलमा ट्युनिसियालाई १–० गोलको नतिजामा पराजित गरेको अस्ट्रेलियाको तीन अंक छ भने पहिलो खेलमा अंक बाँडेका ट्युनिसिया र डेनमार्कको एक–एक छ।

प्रतिक्रिया