Pura Samachar

फिफा विश्वकपमा आज चार खेल हुँदै ,कोस्टा रिकाले जापानको सामना गर्दै

प्रकाशित: November 27, 2022
पूरा समाचार

फिफा विश्वकपमा आज चार खेल हुँदै ,कोस्टा रिकाले जापानको सामना गर्दै

काठमाडौं । फिफा विश्वकपमा आज (आइतबार) समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अहमेद बिन अली रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘ई’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

अल थुमामा रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियमले मोरोक्कोविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी राति ९ः४५ बजेदेखि खलिफा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘एफ’ मा रहेको साबिक उपविजेता क्रोएसियाले क्यानडाविरुद्ध खेल्नेछ । यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘ई’को स्पेनले जर्मनीसँग खेल्ने छ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ ।

प्रतिक्रिया