
काठमाडौं। कतारमा जारी २२औँ संस्करणको विश्वकप फुटबलअन्तर्गत दक्षिण कोरियामाथि घानाले रोमाञ्चक जित निकालेको छ। समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियाविरुद्ध घानाले ३–२ को जित हासिल गरेको हो।
घानाको जितमा कुदुस मोहम्मद नायक बने। पहिलो हाफमा एक गोल गरेका उनले दोस्रो हाफमा बराबरी भएको अवस्थामा निर्णायक गोल गरे। खेलको ६८ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाको विजय सम्भव भएको हो।
त्यसअघि पहिलो हाफको ३४ औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए। घानाका लागि पहिलो गोल २४ औं मिनेटमा मोहम्मद सलिसुले सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा २–० को अग्रता लिए पनि दोस्रो हाफमा ३ मिनेटको फरकमा कोरियाले २ गोल गरेपछि घाना तनाबमा परेको थियो।
तर ७ मिनेट पछि कुदुसले टोलीको उद्धार गरे। कोरियाका लागि दुवै गोल चो ग्यासङले गरे। उनको दोहोरो गोलका बाबजुद पनि टोली विश्व्कपबाट बाहिरिने संघारमा पुगेको छ।
जितसँगै घानाले नकआउटको सम्भावना कायम राखेको छ। कोरियासँग पराजित भए एक खेलअघि नै समूह चरणबाट बाहिरिने अवस्थामा पुगेको घानाले दबाबकाबीच सुखद नतिजा हात पारेको हो। अब अन्तिम खेलमा घानाले उरुग्वेसँग खेल्नेछ। पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको थियो।
यता घानासँग पराजित भएको कोरियाको पनि अघिल्लो चरणको झिनो सम्भावना कायम छ। तर, अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्नुपर्छ। पोर्चुगललाई पराजित गरे पनि अन्य टोलीको नतिजामा भर पर्नेछ। घानाको मात्रै एक अंक छ। समान अंक भएको उरुग्वेले आज राति पोर्चुगलसँग खेल्नेछ।
क्यामरुन र सर्बिया बराबरीमा रोकिए
कतारमा जारी रहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् । दुवै टोलीले अंक बाडेको खेल ३-३ को बराबरीमा सकिएको थियो ।
अल जनौब रंगशालामा भएको खेलमा २९ औं मिनेटमा जान चार्ल्स कास्टेलेटोले क्यामरुनलाई सुरुआती अग्रता दिलाएका थिए । क्यामरुनका लागि एलेक्जेन्डर मित्रोभिच र अबुबकारले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा सर्बियाले बराबरी गोल फर्कायो ।
कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे । इन्ज्युरी समयमा नै सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै सबिैयालाई अग्रता दिलाए । ५५ औं मिनेटमा चुपो मोटीङले क्यामरुनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अंक बाँड्दै खाता खोलेका छन् । क्यामरुन र सबिर्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । आज नै रातको ९:४५ बजे हुने खेलमा यस समूहका ब्राजिल र स्विट्जरल्यान्ड खेल्दैछन् ।
प्रतिक्रिया