Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: November 29, 2022
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक सय रूपैयाँले घटेर ९७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २८५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया