Pura Samachar

सेयरबजारमा आज २ अंकको सुधार

प्रकाशित: November 29, 2022
पूरा समाचार

सेयरबजारमा आज २ अंकको सुधार

सेयरबजारमा आज २ अंकको सुधार आए पनि कारोबार रकम झनै खस्किएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो।

साताको तेस्रो कारोबार दिन सेयरबजारमा २३४ कम्पनी कम्पनीको २५ लाख ८९ हजार कित्ता खरिदबिक्री भएको छ। दिनभरिमा १८ हजार पटकको खरिदबिक्रीमा उक्त संख्यामा सेयर किनबेच भएको हो।

आज बजार पुँजीकरण २८ खर्ब र तरलता १२ खर्बको रहेको छ।

सूचक २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको छ। लगानीकर्ताहरुले ६.१० प्रतिशतसम्म कमाउँदा ४.६ प्रतिशतसम्म गुमाउनपुगेका छन्।

प्रतिक्रिया