Pura Samachar

सुन–चाँदीको मूल्य बढयाे

प्रकाशित: December 1, 2022
पूरा समाचार

सुन–चाँदीको मूल्य बढयाे

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया