Pura Samachar

अन्तिम १६ मा जापानकाे भिड्न्त क्राेएसियासँग,स्पेन माेरक्काेसँग भिड्ने

प्रकाशित: December 2, 2022
पूरा समाचार

अन्तिम १६ मा जापानकाे भिड्न्त क्राेएसियासँग,स्पेन माेरक्काेसँग भिड्ने

काठमाडाैं– दुई पूर्वविश्व विजेतालाई स्तब्ध पार्दै कतारमा जारी विश्वकपकाे अन्तिम १६ मा प्रवेश पाएकाे जापानकाे भिड्न्त क्राेएसियासँग निश्चित भएकाे छ। समूह ‘इ’ अन्तर्गत बिहीबार राती भएकाे खेलमा जापानले  पूर्वविश्व च्याम्पिन स्पेनलाई २–१ गाेलले स्तब्ध तुल्यायाे र समूह विजेता बनेर दाेस्राे चरणमा प्रवेश पायाे। क्राेएसिया समूह ‘एफ’ मा उपविजेता बन्दै दाेस्राे चरणमा प्रवेश पाएकाे हाे। उसले अन्तिम खेलमा बेल्जियमलाई गाेलरहित बराबरीमा राेकेकाे थियाे। समूह ‘इ’मा ४ पल्टकाे विश्व च्याम्पियत जर्मनी बाहिरिएकाे छ। यही समूहमा विपक्षी टाेलीविरुद्ध अधिक गाेल गरेकाे आधारमा जर्मनीलाई उछिनेर उपविजेताकाे रुपमा अन्तिम १६ मा प्रवेश पाएकाे स्पेन माेरक्काेसँग भिड्ने छ। माेरक्काे समूह ‘एफ’ काे विजेता हाे। उसले क्यानडालाई अन्तिम खेलमा २–१ ले पराजित गरेकाे थियाे। जापान र क्राेएसियाबीचकाे खेल साेमबार ८ बजेर ४५ मिनेटमा हुनेछ। स्पेनले यही समयमा मंगलबार माेरक्काेकाे सामना गर्नेछ।

प्रतिक्रिया