
काठमाडौं । स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रतालाई निरन्तरता दिएका छन् ।
उनले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २ हजार ३२४ मतले पछि पारेका छन् । कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङको १२ हजार ९५१ र एमालेकी सचिवसमेत रहेकी अर्यालको १० हजार ६२७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ६७६ मत ल्याएका छन् ।
प्रतिक्रिया