Pura Samachar

पछिल्लो २४ घण्टामा थप ३ जनामा संक्रमण पुष्टि

प्रकाशित: December 3, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ३ जनामा संक्रमण पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोभिड देखिएन ।

पछिल्लो समय कोभिडका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिडका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोभिडमुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ । हाल देशभर कोभिडका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया