मंसिर १८ गते पहिलाे दिन सुन र चाँदीको भाउ बढेको छ ।
सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ ९९ हजार ५ सय र तेजाबी सुनको मूल्य ९९ हजार रुपैयाँ रहेको छ ।
मंसिर १६ गते राम्रो सुनको भाउ ९९ हजार १ सय र तेजाबी सुनको प्रतितोला ९८ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया