Pura Samachar

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी बैठक बस्दै

प्रकाशित: December 4, 2022
पूरा समाचार

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी बैठक बस्दैछ। बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुनेछ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो। आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ। बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा बस्नेछ।

प्रतिक्रिया