Pura Samachar

बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुग्यो

प्रकाशित: December 4, 2022
पूरा समाचार

बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुग्यो

सहमहामन्त्री बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ ।   आइतवार बिहान सम्पन्न मतगणनामा एमाले उम्मेदवार कर्ण थापालाई झण्डै साढे ५ हजार मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।  पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्दा एमालेका थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरे ।

पाण्डेको जीतसँगै प्रत्यक्षतर्फ कांग्रेसको खाता बन्द भएको छ । गणना गर्न बाँकी रहेको दोलखामा एमाले र माओवादीबीच प्रतिस्पर्धा छ । कांग्रेसका उम्मेदवार छैनन्

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सीट जितेको छ । २०७४ सालको प्रतिनिधिसभा चुनावमा २३ सीटमा सीमित भएको कांग्रेसले ३४ बढाएर ५७ सीट हात पार्न सफल भएको छ ।

समानुपातिकमा भने कांग्रेसले एमालेले भन्दा एक सीट कम पाउने सम्भावना छ ।

एक अग्रता र ४४ स्थानमा विजय हासिल गरेको छ । माओवादी केन्द्रले १७, नेकपा एसले १० तथा राप्रपा, रास्वपा र जसपाले समान ७ सीट जितेका छन् ।

स्वतन्त्रले ५, नागरिक उन्मुक्तिले ३, तथा जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ सीट जितेका छन् ।

प्रतिक्रिया