बाँके– बाँकेको राप्ती नदीमा बेपत्ता भएका राप्तीसोनारीकी एक युवती र एक बालिकाको शव भेटिएको छ। वडा नम्बर ६ की २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया बालिका अर्चना थारु मृत भेटिएका हुन्। आइतबार बिहानैदेखि खोजीमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीहरु गएको स्थानभन्दा डेढ किलोमिटरको दूरीमा शव फेला पारेका थिए। मृतक दुवै जना फूपु–भदैनी हुन्। अर्चना भने गुलरियामा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। अस्थायी प्रहरी चौकी फत्तेपुरका इन्चार्ज यमबहादुर बस्नेतका अनुसार बयर खान समूहमा गएका उनीहरु राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। अन्य पाँच किशोरीको भने शनिबार नै उद्धार गरिएको थियो।
प्रतिक्रिया