Pura Samachar

सुन–चाँदीको मूल्य स्थिर

प्रकाशित: December 7, 2022
पूरा समाचार

सुन–चाँदीको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया