Pura Samachar

नेप्से परिसूचक निरन्तर रुपमा ओरालो १६.६१ अंक घटयाे

प्रकाशित: December 7, 2022
पूरा समाचार

नेप्से परिसूचक निरन्तर रुपमा ओरालो १६.६१ अंक घटयाे

काठमाडौँ – पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ।

बुधबार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।

बुधबार कारोबारमा आएका २४६ कम्पनीको ८० लाख ९२ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकसँगै पछिल्लो समय कारोबार रकमसमेत ओरालो लाग्दै गएको छ।

नेप्सेका १३ उपसमूहमध्ये बुधबार होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेका छन्। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०१ प्रतिशत बढेको छ। त्यस्तै बैंकिङ, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि खप्तड लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ।

त्यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रीन भेन्चर्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत बढेको छ।

कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सानिमा बैंकको ६७ करोड २ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया