Pura Samachar

बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

प्रकाशित: December 7, 2022
पूरा समाचार

बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

“आज एक पन्ना परिवर्तन भएको छ । तपाईहरुको असीमित मायाका लागि धन्यवाद । २००८ देखि मसँगै खुसी साटेकामा सम्पूर्णमा धन्यवाद । अन्तर्राष्ट्रिय फुटबल करिअरलाई टुंग्याउने निर्णय गरेको छु । टिममा उत्तराधिकार तयार भइसकेका छन् । म सबैलाई सम्झिनेछु,” हाजार्डले लेखेका छन् ।

हाजार्डकै कप्तानीमा कतार विश्वकपमा सहभागी भएको बेल्जियम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो । सन् २००८ मा बेल्जियमको टिमबाट ‘डेब्यू’ गरेका हाजार्डले बेल्जियमबाट २०१४, २०१८ र २०२२ को गरी तीन विश्वकप खेले । २०१८ को विश्वकपमा बेल्जियमले तेस्रो स्थान हासिल गर्दा हाजार्ड टिमका महत्त्वपूर्ण सदस्य थिए ।

उनले बेल्जियमको राष्ट्रिय टिमबाट १२६ अन्तर्राष्ट्रिय खेल खेल्दा ३३ गोल गरेका छन् ।

प्रतिक्रिया