Pura Samachar

सुनचाँदीकाे मूल्य बढयाे, प्रतितोला एक लाख तीन सय रुपैयाँ

प्रकाशित: December 9, 2022
पूरा समाचार

सुनचाँदीकाे मूल्य बढयाे, प्रतितोला एक लाख तीन सय रुपैयाँ

काठमाडौं– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार दुई रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया