Pura Samachar

पछिल्लो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: December 11, 2022
पूरा समाचार

पछिल्लो पटक  २ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर २५, २०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप ०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ हजार ३ सय ५ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज १३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३० जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया