Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: December 16, 2022
पूरा समाचार

सुनको मूल्य घटयाे

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

तोलाको एक लाख एक हजार रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार एक लाख मुनि ओलिएको छ।

अघिल्लो कारोबार दिन प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया