
समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि आज नेपाली कांग्रेसका सांसदहरुको भेला हुँदैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज पहिलोपटक सबै सांसदको भेला बोलाएका हुन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।
सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् ।
उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया