
डा. हरिमोहन पोखरेल कोहिमा /एशिया विकास बैंकको एउटा टिमले हिजो लोकताक तालको भ्रमण गर्दै त्यहाँको बासिन्दाहरूको जीविकोपार्जन विषयमा गहन छलफल गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एशियाई विकास बैंकले लोकताक ताललाई लिएर विविध परियोजनाहरू संचालन गर्ने र चली रहेको योजनाहरूलाई गुरुत्व दिने कुरा पनि गरेको छ ।
टिमको भ्रमण पश्चात मिडियालाई संबोधन गर्दै मुख्यमन्त्री एन बिरेनले भने कि पूर्वोत्तरको भारतको सबैभन्दा चर्चित रूपमा चिनिने लोकताक ताललाई विभिन्न प्रकारको योजनाले जीविकोपार्जन बनाउनुपर्ने सरकारको प्रयास हो ।
उनले अगाडि भने कि यसको वारिपारिका बासिन्दाहरूको जीवनमा सुधार र सफल बनाउन पनि प्रयासरत बीच बैंकले सहयोग गर्नु चानचुने कुरा होइन ।
स्मरण रहोस गतः केही दिन अगाडि पनि बैंकका अधिकारीहरूले बैठक गरेको समाचार छ ।
प्रतिक्रिया