Pura Samachar

लोकताक तालमा सोलर पार्क बनाइने

प्रकाशित: December 18, 2022
पूरा समाचार

लोकताक तालमा सोलर पार्क बनाइने

डा. हरिमोहन पोखरेल
कोहिमा /पूर्वोत्तर राज्यको एकमात्र स्वच्छ पानीको तालका रूपमा चिनिने लोकताक ताललमा आगामी केही सालमा सोलर पार्क लगाइनेछ ।
मुख्यमन्त्री सचिवालयमा इण्डिया इन्फ्रास्ट्रक्चर फाइनान्स कम्पनी लिमिटेड र सरकार बीच भएको बैठकमा लोकताकको वारिपारि सोलर लगाइने र एउटा पर्यटन क्षेत्रमा विकसित गरिने कुरा पनि भएको छ ।
बैठक पश्चात मुख्यमंत्रीले भने कि मणिपुरको अति प्राचीन र ऐतिहासिक लोकतालाई एउटा पर्यटन क्षेत्रको रूपमा विकास गर्दै सुन्दरीकरणको काम जारी रहेको छ ।जसले यस क्षेत्रलाई विकासमूलक बनाउदै रोजगारको अवसर समेत प्रदान गरिने छ ।
मुख्यमन्त्रीले अगाडि थपे कि मणिपुरको आदिकालदेखि देखिएको सपना भने अब पूरा हुनेछ ।कम्पनीले आफ्नो जिम्मेवारी लिँदै समयमा पूरा पनि गर्ने छ ।

प्रतिक्रिया