Pura Samachar

मणिपुरमा ओरगनिक खेती बारे पुनरावलोकन बैठक

प्रकाशित: December 19, 2022
पूरा समाचार

मणिपुरमा ओरगनिक खेती बारे पुनरावलोकन बैठक

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो मणिपुरमा ओरगनिक खेतीको बारेमा जागरूकता अभियान चलाउदै एउटा पुनरावलोकन बैठक गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार यस बैठकमा सीएस ,एसीएस लगायत कृषि क्षेत्रका विभिन्न वैज्ञानिकहरू पनि उपस्थित थिए साथै यस विषयमा गहन रूपमा छलफल भएको छ ।
मुख्यमन्त्रीले भने कि मणिपुरमा ओरगनिक खेतीको लागि पर्याप्त माटो रहेको र यसको फाइदा हामीले उठाउनुपर्ने छ ।
उनले अगाडि भने कि यसले गर्दा पनि रोजगारका अवसरहरू देखा पर्नेछ जसले बेरोजगारहरूलाई रोजगार दिन सकियोस ।
–स्मरण रहोस मणिपुरमा ओरगनिक खेतीको लागि यो प्रयास चानचुने कुरा होइन ।

प्रतिक्रिया