Pura Samachar

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नका लागि बुधबार चुनाव गर्ने

प्रकाशित: December 19, 2022
पूरा समाचार

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नका लागि बुधबार चुनाव गर्ने

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नका लागि बुधबार चुनाव गर्ने भएको छ ।

कांग्रेसले संसदीय दलको नेता छान्ने चुनाव गर्नका लागि आइतबार नै एक समिति गठन गरेको छ ।

कांग्रेसमा संसदीय दलको नेतामा यसपटक त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्रीमा दोहोरिनका लागि संसदीय दलको नेतामा दोहोरिन चाहन्छन् ।

कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतृत्वका लागि तयारी सुरु गरेका छन् ।

कांग्रेसका महामन्त्री गगन थापाले पनि यसपटक आफू संसदीय दलको नेतामा भिड्ने तयारी गरिसकेका छन् । कोइराला र थापामध्ये एक जना यो प्रतिस्पर्धाबाट हट्न सक्ने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया