Pura Samachar

मणिपुरमा राज्यस्तरीय सुन्तोला महोत्सव संपन्न

प्रकाशित: December 20, 2022
पूरा समाचार

मणिपुरमा राज्यस्तरीय सुन्तोला महोत्सव संपन्न

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यको तमेङलोङ जिल्ला मुख्यालयको एपोलो ग्राउंडमा राज्यस्तरीय सुन्तोला महोत्सव समापन समारोह भएको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेन सिंहको प्रमुख आतिथ्यमा बोल्दै उनले भने कि यहाँको सुन्तलाको स्वाद अलग्गै छ ।जसको विकासको र निर्यातको लागि सरकार प्रयासरत छ ।
उनले अगाडि भने कि दुर्गम क्षेत्र भए पनि यहाँका सुन्तला खेतीवालाहरूलाई सरकारले सक्दो सहयोग दिने उद्देश्य राखेको छ ।
यसै अवसरमा विभिन्न रंगारंग कार्यक्रम पनि आयोजना गरिएको थियो भने सरकारको तर्फबाट विभिन्न मन्त्रीहरू पनि उपस्थित थिए ।
यसै अवसरमा मुख्यमंत्रीले प्रथम द्वितीय र तृतीय स्थान पाउने सुन्तला खेतीवालाहरूलाई सम्मान पनि गरे ।

प्रतिक्रिया