
बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो ।
असोज ७ गते मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झनाको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । उनीविरुद्ध १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । तर, अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् ।
प्रतिक्रिया