Pura Samachar

पाकिस्तान र इंग्ल्याण्ड टेष्ट शृंखला: इंग्ल्याण्डले पाकिस्तानलाई क्लिन स्वीप गर्दै सिरिज ३–० ले आफ्नो नाम

प्रकाशित: December 20, 2022
पूरा समाचार

पाकिस्तान र इंग्ल्याण्ड टेष्ट शृंखला:  इंग्ल्याण्डले पाकिस्तानलाई क्लिन स्वीप गर्दै सिरिज ३–० ले आफ्नो नाम

पाकिस्तान र इंग्ल्याण्ड बिच तीन खेलको टेष्ट शृंखलाको अन्तिम खेल कराँचीमा खेलिएको थियो। यस टेस्टको चौथो दिन इंग्ल्याण्डले ८ विकेटले जितेको छ । पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको टोलीले दुई विकेट गुमाएर लक्ष्य सजिलै पुरा गर्यो । ओपनर बेन डकेट (८२) र बेन स्टोक्स (३५) अविजित फर्किए । यसअघि बाबर आजम र साउद शकीलको अर्धशतकको बाबजुद पाकिस्तानको सम्पूर्ण टोली २१६ रनमा अलआउट भएको थियो । योसँगै इंग्ल्याण्डले पाकिस्तानलाई क्लिन स्वीप गर्दै सिरिज ३–० ले आफ्नो नाम गरेको छ ।

प्रतिक्रिया