Pura Samachar

मणिपुरमा डिजिटल र डबल कर्पिङ माथी बैठक

प्रकाशित: December 23, 2022
पूरा समाचार

मणिपुरमा डिजिटल र डबल कर्पिङ माथी बैठक

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यमा डिजिटल र डबल कर्पिङलाई लिएर राज्य सरकारले संबंधित निकायका अधिकारीहरू संग मुख्यमन्त्री सचिवालयमा बैठक गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार बैठकमा सहभागी बन्दै मुख्यमन्त्री एन बिरेनले भने कि राज्यमा पर्याप्त मात्रामा खाद्यान्न बढाउनको लागि यो पहल गर्नु जरुरी रहेको बताए ।
उनले अगाडि भने कि यसले रोजगार साथी आत्मनिर्भर बनाउने दिशामा साथै आर्थिक सहयोग प्राप्त गर्ने कुरा पनि भने ।
उनले अगाडि भने कि कतिपय खेतीवालाहरूलाई अझै पनि समस्या भएकोले गर्दा सरकारले उनीहरूको जीवनमा भोकमरीको समस्या नरहला साथै समाजको तल्लो स्तरको मान्छेको पनि सपना साकार हुन्छ कि भन्ने कुरा पनि बताए ।
उनले कृषि वैज्ञानिक तथा विशेषज्ञहरूलाई यसको उचित समाधान निकालने र पैदावार बढ़ाउने कुरा तर्फ ध्यान दिन पनि आग्रह गरे ।
उनले अगाडि थपे कि सिँचाई संबंधित कतिपय समस्या विभिन्न क्षेत्रमा हुन सक्छ त्यसको पनि विस्तृत विवरण र समाधान निकालने प्रयास गर्ने कुरा पनि भएको कुरा स्पष्ट पारे ।
यस बैठकमा विभिन्न स्थानबाट कृषि वैज्ञानिक र विशेषज्ञहरू पनि उपस्थित थिए ।

प्रतिक्रिया