Pura Samachar

सुन–चाँदीको मूल्य सामान्य घटयाे

प्रकाशित: December 29, 2022
पूरा समाचार

सुन–चाँदीको मूल्य सामान्य घटयाे

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया