Pura Samachar

सत्ता गठबन्धन दलको बैठक: ५ दिनभित्र सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय

प्रकाशित: December 29, 2022
पूरा समाचार

सत्ता गठबन्धन दलको बैठक: ५ दिनभित्र सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले ५ दिनभित्र सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बनाएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

ओली नेतृत्वको समितिमा हरेक राजनीतिक दलबाट एक-एक जना प्रतिनिधि रहने लामिछानेले बताए । बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

‘पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भयो । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकको रुपमा अगाडि बढाइएको छ,’ लामिछानेले भने, ‘त्यो समितिमा हरेक राजनीतिक दलका एक-एक जना प्रतिनिधि रहनेछन् ।’

सरकारलाई समर्थन गरेका सातै दलका नेता बैठकमा सहभागी हुने भनिए पनि बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको हो ।

प्रतिक्रिया