Pura Samachar

नेपाल टी-२० लिग: काठमाडौंको तेस्रो जित

प्रकाशित: January 1, 2023
पूरा समाचार

नेपाल टी-२० लिग:   काठमाडौंको  तेस्रो जित

काठमाडौं। काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ। लिगमा काठमाडौंको यो तेस्रो जित हो। यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो।

काठमाडौले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा १ सय ५५ रन जोड्दा अलआउट भयो। जनकपुरका समिउल्लाह शिन्वारीले २९, सुदीप जोराले २६ र पवन सर्राफले २४ रन जोडे। सर्फुद्दिन अस्रफ १९ र मोहम्मद आदिल खानले १६ तथा जितेन्द्र मुखियाले १३ रन थपे।

काठमाडौका अज्मतुल्लाह ओम्जाइले ३ तथा बसिर अहमदले दुई विकेट झारे। कमल ऐरि,अविनास बोहोरा,अनिल खरेल र सुमन गौतमले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको विशाल योगफल तयार पारेको थियो।

काठमाडौका लागि एलेक्स ब्लेकले ८३ रनको सर्वाधिक योगदान दिए। ४३ बलको सामना गरेका उनले ४ चौका र ७ छक्का हाने। विरन दिप सिंहले ४९ रन बनाए। ३४ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हाने। अज्मतुल्लाह ओम्जाइ ४३ रनमा नटआउट रहे। उनले १५ बलमा १ चौका र ४ छक्का हो।लोकेश बमले १५ रन थपे।

प्रतिक्रिया