
काठमाडौं। जापानमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटवालको मृत्यु भएको हो।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो। उनी आफ्नै कोठामा मृत फेला परेका थिए।
कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा) मा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन्। उनको शव अस्पतालमा राखिएको छ। घटनाबारे अनिशका परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको छ। २७ वर्षका अनिश टोकियोस्थित इकेबुकुरोमा बस्दै आएका थिए।
प्रतिक्रिया