देउवा निवास ध्रुम्बाराहीमा बिहीबार भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।
कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार जसपा अध्यक्ष यादव र सभापति देउवाबीच आज भेटवार्ता भएको हो।
यादव सत्ता गठबन्धनमा छन् तर सरकारमा उनको पार्टी गइसकेको छैन। यसअघि सभापति देउवालाई प्रधानमन्त्री बनाउन जसपा पनि गठबन्धनमा थियो। तर चुनावअघि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले तत्कालीन सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गरेको थियो।
प्रतिक्रिया