Pura Samachar

अमित शाहको मणिपुर भ्रमण

प्रकाशित: January 7, 2023
पूरा समाचार

अमित शाहको मणिपुर भ्रमण

डा हरिमोहन पोखरेल

कोहिमा/केंद्रीय गृह मंत्री श्री अमित शाहले गत दिन मणिपुर राज्यको भ्रमण गर्दे विभिन्न परियोजनाहरुको उद्घाटन गरेको समाचार छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार श्री शाहले यस अवसरमा मौरंग स्थित आजाद हिन्द फौजको स्मारकमा शहीदहरुलाई श्रद्धांजलि दिए ।
यसै अवसरमा चूराचांदपूर जिल्ला मा सीसीपुर मेडिकल कालेजको उद्घाटन लगायत चांगनगंगाई हैगांगमा पोलो ग्राउंडको समेत उद्घाटन गरे।
आईएनए भवन मोइरंगबाट संबोधन गर्दे श्री अमित शाहले भने कि मणिपुरमा हामीले छ साल अगाड़ी दियेको वचन पुरा गरेको छ।
उनले अगाड़ी थपे की राज्यलाई अलगाववाद मुक्त र शान्ति स्थापना गर्दे विकासमुखी बनाऊने हाम्रो लक्ष्य हो।
उनले भने कि राज्यमा धेरै मात्रामा घुसखोरी भयेकोले यसबाट मुक्त गर्ने प्रयास जारी छ।
उनले अगाड़ी थपे की राज्यलाई रोजगारमुखी बनावने काम भई रहेको छ।
यस अवसरमा विभिन्न विकासमूलक योजनाहरु पनी सुरु गरिएको कुरा छ।

प्रतिक्रिया