Pura Samachar

विराटनगर सुपर किंग्स प्लेअफ प्रवेश

प्रकाशित: January 7, 2023
पूरा समाचार

विराटनगर सुपर किंग्स प्लेअफ प्रवेश

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी २० लिगमा काठमाडौं नाईट्सलाई पराजित गर्दै विराटनगर सुपर किंग्स प्लेअफ प्रवेश गरेको छ । प्लेअफ प्रवेश गर्ने तेस्रो टोली बन्ने क्रममा विराटनगरले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो ।
त्रिवि मैदान कीर्तीपुरमा भएको खेलमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

विराटनगरका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६६ रनको अर्धशतकी ईनिङ खेले ।रोहितले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतक सहित २ सय ८६ रन बनाएका छन् । रोहित यस प्रतियोगिताको सवार्धिक रनकर्ताको शीर्ष पाँचमा रहेका एक मात्र नेपाली खेलाडी हुन् ।

गौरान्शु शर्माले ४९ बलमा ४ चौका सहयोगमा अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेले । हुसेन तलत २१ रनमा आउट भए ।

काठमाडौंका अबिनाश बोहोराले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

विराटनगरका लागि स्पिनर राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिएपश्चात काठमाडौं १ सय ५४ रनमा समेटियो ।

काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले ३४, ३४ रन बनाउँदा सन्दिप रजालीले ३० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले अविजित २२ तथा बसिर अहमद १७ रनमा अविजित रहे ।

विराटनगरका लागि राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले समान १, १ विकेट लिए ।

आजको खेलमा जित हात पारेको विराटनगरले प्लेअफमा स्थान बनाएको छ । पराजित टोली काठमाडौंले भने आजको दोस्रो खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया