
नेप्से परिसूचक २०.५५ अंकले बढेको छ।
आज नेप्से परिसूचक ०.९६ प्रतिशतले बढेर २१६४.४८ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ पुगेको छ।
प्रतिक्रिया